दार्चुला । भिरबाट लडेर वडा सचिवको मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका–५ डाडाकोटस्थित केन्द्र पस्तीबाट डाडाकोट जाने क्रममा भिरबाट लडेका वडा सचिव ४० वर्षीय गंगाराम लुहारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार घटना बिहीबार भएको र प्रहरीले शुक्रबार जानकारी पाएको थियो । उनी बिहिबार बेलुकीतिर लडेको हुन सक्ने प्रहरीले अनुमान गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताएका छन् ।
घटनाको अनुसन्धान तथा घटनास्थल मुचुल्काका लागि इलाका प्रहरी कार्यालय लालीबाट प्रहरी निरीक्षकको कमान्डमा टोली परिचालन भएको छ । घटनाबारे बुझ्न जिल्ला प्रहरी कार्यालयबाट पनि प्रहरीको टोली घटनास्थलतर्फ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्