Ads

गुजरातविरुद्ध नेपालले टस जित्यो, पहिला फिल्डिङ गर्दै


काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले एसएमएस फ्रेन्डसिप कपको पहिलो खेलमा गुजरातविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

आइतबार भारतको वापीमा टस जितेर नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निर्णय गर्दै गुजरातलाई ब्याटिङमा बोलाए ।

नेपालले यसपछि अप्रिल २ मा बरोडासँग, अप्रिल ३ मा गुजरातसँग र अप्रिल ५ मा पुनः बरोडासँग खेल्नेछ ।

शृंखलाका शीर्ष दुई टिम उपाधिका निम्ति अप्रिल ७ मा भिड्नेछन् । शृंखलाका सबै खेल वापीमै हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू