Ads

प्रस्तावित महालेखापरीक्षक रायमाझीविरुद्ध १० दिने उजुरी आह्वान


काठमाडौं । प्रस्तावित महालेखापरीक्षक तोयम रायाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइएको छ।

संसदीय सुनुवाइ समितिको आजको बैठकबाट रायासँग सम्बन्धित कुनै गुनासो वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सर्वसाधारणलाई सूचना जारी गर्ने निर्णय गरिएको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

संवैधानिक परिषद्को आइतबारको बैठकबाट राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी रायालाई उक्त पदमा नियुक्तिका निम्ति सिफारिस गर्ने निर्णय गरिएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू