Ads

न्यारोबडी जहाज खरिदबारे १५ दिनभित्र जवाफ दिन निगमलाई निर्देशन


काडमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले न्यारोबडी विमान खरिद प्रक्रियाका बारेमा १५ दिनभित्र स्पष्ट जवाफ पेस गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकबाट यस्तो निर्देशन दिइएको हो ।

न्यारोबडी विमान खरिद प्रक्रियामा भ्रष्टाचारजन्य कार्य नभएको विश्वास हुने गरी स्पष्ट जवाफ पेस गर्न समिति सभापति राजकिशोर यादवले निर्देशन दिए । उनले न्यारोबडी विमानका विषयमा उपसमिति बनाएर छानबिन गरिने बताए ।

Agni Group
समितिलाई विश्वास दिलाउन नसके थप कारबाहीका निम्ति बाध्य हुने उनले चेतावनी दिए । उनले निगमले विमान खरिदपछि बनाएको व्यावसायिक योजना पनि पेस गर्न निर्देशन दिए ।

युरोपियन युनियनको कालोसूचीबाट हट्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र निगम एक ठाउँमा हुन जरुरी रहेको उनले बताए ।

Ads

सम्बन्धित पोष्टहरू