Ads

नेपालले दियो आयरल्यान्ड वुल्भ्सलाई जीतका लागि २१४ रनको लक्ष्य


काठमाडाैँ । कीर्तिपुर क्रिकेट मैदानमा जारी टी–२० अभ्यास खेल अन्तर्गतको खेलमा नेपाल ‘ए’ले आयरल्यान्ड वुल्भ्सलाई जितका लागि २१४ रनको लक्ष्य विशाल लक्ष्य दिएको छ।

नेपालले सात विकेट गुमाएर २० ओभरको समाप्तिमा २१३ रन बनाएको हो।

कीर्तिपुर क्रिकेट मैदानमा सोमबार भइरहेको खेलमा आयरल्यान्ड वुल्भ्सले टस जितेर पहिला फिल्डिङ्ग गर्ने निर्णय गरेको थियो। नेपाल ‘ए’ ले पहिला ब्याटिङ्ग गर्ने मौका पाएको थियो।

Ads

सम्बन्धित पोष्टहरू