काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विगतको तुलनामा अहिले अदालतका काम कारबाही व्यवस्थित हुँदै गएको दावी गरेका छन्।
सोमवार चितवनमा सञ्चारकर्मीसँग उनले यस्तो दावी गरेका हुन्। उनले पहिलाको तुलनामा अहिले अदालतले गरेका काम कारबाही व्यवस्थित हुँदै गएको बताए।
उनले मुद्दाको छिनोफानो निश्चित समयमा सक्नुपर्छ भन्ने ध्येयबाट नै अदालत अघि बढिरहेको जिकिर गरे। उनले अदालतमा अहिले धेरै पुराना मुद्दाहरु नरहेको जिकिर गर्दै सबैभन्दा पुरानो मुद्दा भनेकै २०६७ सालसम्मको रहेको बताए।
उनले १० वर्ष नाघेका मुद्दा अब जम्मा ४० थान मात्रै रहेको बताए। उनले मुद्दाहरुलाई कानूनी बाटो अपनाएर छिटो छरितो गर्ने काममा अदालत प्रतिबद्ध रहेको बताए।
‘अदालतले गरेका काम कारबाहीमा पहिलाको तुलनामा अहिले व्यवस्थित रुपमा मुद्दा निश्चित समयमा सक्नुपर्छ भनेर सबै अदालतमा निरुपण भएका छन्। हामीसँग धेरै पुराना मुद्दा छैनन्‚’ उनले भने, ‘धेरै पुराना भनेको ०६७ सालका मुद्दाहरु छन्। हामीसँग १० वर्ष नाघेका मुद्दा जम्मा ४० थान मात्रै छन्।’
सर्वोच्च अदालतलाई सबैभन्दा छिटो छरितो र चाँडो बनाउने काममा लागिरहेको उनको भनाइ थियो। प्रधानन्यायाधीश श्रेष्ठले जिल्ला अदालतमा आवश्यक न्यायाधीश व्यवस्थापन विस्तारै हुँदै जाने बताए।
प्रतिक्रिया दिनुहोस्