Ads

टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल


काठमाडौँ । एसएमएस फ्रेन्डशिप कपअन्तर्गत त्रिकोणात्मक टी–२० सिरिजमा अहिले नेपाल र भारतको स्थानीय क्लब बरोडा क्लबबीच प्रतिस्पर्धा शुरु भएको छ।

मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा हुने खेलमा टस जितेको बरोडाले फिल्डिङ रोजेपछि नेपालले शुरुवाती ब्याटिङ गर्ने भएको हो।

ब्याटिङका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेख क्रिजमा उत्रिएका छन्।

नेपाल आज लगातार दोस्रो जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ। पहिलो खेलमा गुजरातसँग पराजित भएको बरोडा आज पहिलो जितको खोजीमा छ।

पहिलो खेलमा नेपालले गुजरातलाई हराएको थियो।

नेपाल, गुजरात र बरोडा सहभागी त्रिकोणात्मक टी–२० सिरिज डबल राउण्ड रोबिनमा भइरहेको छ। प्रतियोगिताका शीर्ष दुई टोलीले चैत २५ गते फाइनल खेल्नेछन्।

Ads

सम्बन्धित पोष्टहरू