Ads

भन्सार कार्यालय सहयोगीको भरमा


विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकामा स्थिति कप्तानगंजमा रहेको कौवाखोज छोटी भन्सार कार्यालय, कार्यालय सहयोगीको भरमा छोडिएको छ । पर्याप्त जनशक्ति अभावमा भन्सार कार्यालय चलाउनु पर्दा त्यहाँबाट हुने अवैध गतिविधि नियन्त्रण गर्नसक्ने अवस्था छोटी भन्सार कार्यालयसँग छैन । छोटी भन्सारको जिम्मेवारी कार्यालय सहयोगीले सम्हाल्ने र उनीमाथि सम्पूर्ण कार्यालय सञ्चालनको जिम्मेवारी भएकोले सीमा क्षेत्रमा चोरी तस्करी गर्नेहरुले प्रशासनिक कमजोरीको फाइदा उठाउने गरेका छन् ।

त्यस नाका आसपासबाट खुलेआम सामानहरुको चोरी तस्करी हुने गरेको छ तर त्यसलाई रोक्ने सामथ्र्य छोटी भन्सार कार्यालयसँग छैन ।

भारतबाट दैनिक लताकपडा तरकारी, खाद्यान्य आदि उपभोग्य सामग्री आयात हुने गरेको कौवाखोज नाकामा कार्यरत कार्यालय सहयोग दुर्गा पोखरेलले गएको पुस महिनादेखि छोटी भन्सार कार्यालयमा कामकाज गर्दे आएका छन् । त्यस नाकाबाट बिहानको समयमा तरकारीजन्य वस्तु आयात हुने गरेको छ । त्यसबाहेक औपचारिक मार्ग भएर केही सामग्री आउँदैन । बिहान आउने तरकारीको पोखरेलले भन्सार शुल्क लिन्छन् र बाँकी समय कार्यालयसँगै रहेको आवासमा  दिन बिताउँछन् ।

Ads

सम्बन्धित पोष्टहरू