Ads

राजेशपायल राई छुटे


काठमाडाैँ। गायक राजेशपायल राईलाई प्रहरीले छाडेको छ।

नयाँ बानेश्वर प्रहरी वृत्तको नियन्त्रणमा रहेका राईलाई केही बेरअघि छाडिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

‘सम्झाइ बुझाई गरी कागज गरेर छोडिसक्यौं,’ एसपी अधिकारीले भने।

मदिरा सेवन गरी हो-हल्ला गरेपछि वृत्तको टोलीले गायक राईसहित तीन जना कलाकारहरूलाई आज बिहान २ बजे मदन भण्डारी कलेज अगाडिबाट नियन्त्रणमा लिएको थियो।

उनलाई बिहान आफन्तको जिम्मा लगाइएको एसपी अधिकारीले जानकारी दिए।

उहाँहरूसहित ७/८ जनालाई नियन्त्रणमा लिएका थियौं, सबैलाई आफन्तको जिम्मा लगाइसकेका छौं,’ उनले भने।

Ads

सम्बन्धित पोष्टहरू