Ads

वाइडबडी खरिद प्रकरण: पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध मुद्दा


काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी जहाज खरिदमा भ्रष्टाचार गरेको भन्दै तत्कालीन पर्यटनमन्त्री एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीसहित ३२ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारले १ अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ बिगो र कैद हुनुपर्ने माग गरेको छ। अख्तियारले तत्कालीन सचिव श‌ंकरप्रसाद अधिकारीलाई पनि विपक्षी बनाएको छ।

Ads

सम्बन्धित पोष्टहरू