काठमाडाैँ । सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले पदबाट राजीनामा दिएका छन् ।
सरकार अल्पमतमा परेपछि उनले राजीनामा दिएका हुन् ।
सरकार जाेगाउन अन्तिम समयसम्म प्रयास गरे पनि विश्वासकाे मत जुट्न नसक्दा उनी राजीनामा दिन बाध्य भएका हुन् ।
आजै लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्ली चाैधरीले पनि अल्पमतमा परेपछि राजीनामा दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्