Ads

२०८० चैत २३ गते शुक्रबार, तपाईको दैनिक राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुने समय छ । आर्थिक क्रियाकलापमा पनि सफलता मिल्नेछ भने बोलीको भरमा काम सम्पादन हुन सक्छ । अरूलाई सोचविचार नगरी दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ। सचेत रहनुहोला । नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर होला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा मनग्य फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुनेछन् । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुने योग छ । विभिन्न सहयोग र उपहार पाइनेछ । मिठो भोजन प्राप्त हुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउन सकिनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट होला । अनावश्यक भ्रमण हुन सक्छ, यसप्रति सचेत रहनु हितकर हुनेछ । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । परिवारजनबाट टाढिनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिने समय छ । व्यावसायिक काममा खर्च बढ्ला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्या देखापर्ला । तथापि, रोकिएका कतिपय काम बन्नाले उत्साह जाग्नेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पनि पाइएला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): लाभ हुने काम प्रारम्भ गर्ने समय छ । भौतिक साधनसमेत जुट्नेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्वास्थ्य कमजोर भएको अनुभूति हुन सक्छ, खानपानमा विशेष सावधानी अपनाउनु हितकर होला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् । कृषिसम्बन्धी काममा केही समस्या देखिनेछ, तर पनि मेहनत गर्दा धन आर्जन हुने समय छ । रमाइलो यात्रा गर्ने अवसर जुट्ला । सुुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अरूका काममा समय बित्न सक्ने सम्भावना भएपनि आजको दिन दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा फाइदा हुनेछ । आम्दानी तथा आयआर्जनका स्रोत समेत वृद्धि हुने समय छ । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन्, सावधान रहनुहोला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । समयमा होस नपुग्नाले काम रोकिन सक्छ । मिहेनत खेर जान नदिन विशेष प्रयत्न गर्नुपर्नेछ । सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू भेटिनेछन् । धन आर्जन हुने समय छ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । इर्ष्या गर्नेहरूले काममा अवरोध गर्न सक्छन्, सावधान रहनुहोला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य जीवन सुखमय बन्नेछ । परोपकारमा मन जानेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): सामान्य अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ, तर प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्ने योग छ ।

Ads

सम्बन्धित पोष्टहरू