Ads

इजरायलका विभिन्न क्षेत्रमा जीपीएस प्रणाली अवरुद्ध


एजेन्सी\ इरानसँगको तनाव बढ्दै गएपछि मिसाइल र ड्रोनलाई रोक्न  इजरायलले आफ्ना विभिन्न ठाउँमा जीपीएस अवरुद्ध गरेको छ । इरानले गएको सोमवार सिरियामा रहेको आफ्नो वाणिज्य दूतावास भवनमा इजरायलले आक्रमण गरेपछि बदला स्वरुप त्यहाँ आक्रमण तीव्र पार्ने सम्भावित जोखिमलाई मध्यनजर गरेर प्रणाली अवरुद्ध गरेको बताइएको छ ।

सोमवारको आक्रमणमा इरानका एक वरिष्ठ जनरल सहित १३ जनाको ज्यान गएको थियो । इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) ले लडाई इकाइमा काम गर्ने सेनाको लागि सबै बिदा रोक्ने घोषणा गरेको बीबीसीले जनाएको छ । इजरायली अधिकारीहरूले आज मुस्लिम पवित्र महिना रमादानको अन्तिम शुक्रवार इरानले कडा कारबाही गर्ने आशंका गरेर सुरक्षा व्यवस्था बलियो बनाईरहेको खबरमा उल्लेख छ ।

इरानमा यस दिनमा प्रायः प्यालेस्टिनी समर्थक र इजरायल विरोधी प्रदर्शन भएको पाइन्छ । त्यसैले हिजैदेखि इजरायलको मध्य भागमा  जीपीएस प्रणाली अवरुद्ध गरेर इरानलाई विष्फोटक पदार्थ तथा हतियार सेट गर्न असफल बनाउने प्रयास भएको खबरमा उल्लेख छ ।

Ads

सम्बन्धित पोष्टहरू