Ads

सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान


काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेश सरकार गठनका लागि आह्वान गरेका छन् ।

प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनको दावी पेश गर्न आह्वान गरेका हुन्। उनले दलहरूलाई वैशाख २ गतेसम्मको समय दिएका हुन्।

केन्द्रको सत्तासमीकरण फेरिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री कमलबहादुर शाहीले विश्वासको मत नपाउने भएपछि बिहीबार राजीनामा दिएका थिए।

Ads

सम्बन्धित पोष्टहरू