मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । तर, रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ । सोचेको लाभ नमिल्न सक्छ । केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ भने यात्रामा विशेष लाभ होला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला । तपाईंका कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): प्रेमको बन्धन कसिएला । दाम्पत्य जीवन पनि सुखद तथा समृद्ध बन्ने समय छ । प्रतिस्पर्धीहरूले हार खानेछन् । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुनेछ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मिश्रित फलदायी समय छ । व्यावसायिक यात्राको सम्भावना छ भने सामान्य आम्दानी भइरहनेछ । आजको दिन सवारी साधन उपयोग गर्दा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुनेछ । स्वास्थ्यगत दृष्टिले केही कमजोर भएको अनुभूति होला । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने योग छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन केही बाध्यताका काममा जुट्नुपर्ला । सामान्य विवादमा समेत परिने योग छ, सजग रहनुहोला । मेहनतीजनका लागि समय उत्साहजनक रहनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ । प्रतिस्पर्धी परास्त होलान् । प्रेमभाव बढ्ला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यस्तता बढ्नेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन केही बढी नै मिहेनत गर्नुपरे पनि सोअनुसार राम्रै आर्जनको अवसर मिल्ला । मुद्दा–मामिलामा विजयी भइनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन परिस्थिति अलि प्रतिकूल रहने देखिन्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्ने सम्भावना छ । अधिकारका लागि केही संघर्ष हुन सक्छ । साझेदारीमा समस्या आउने योग छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन्, जसले प्रसन्नता दिलाउला । आफन्तसँग भने सामान्य असमझदारी बढ्न सक्छ । पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ । कृषि तथा पशुपालनमा फाइदा हुनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): अरूका लागि बुद्धि खर्चनुपर्ने समय छ । मुख्य काममा बाधा हुने देखिन्छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहला । तथापि, मेहनतले धेरैको विश्वास जित्न सकिनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): प्रतिभा प्रदर्शन गरी प्रशंसा प्राप्त हुने समय छ । गुरुजनको विशेष सहयोग जुट्नेछ भने अध्ययनमा प्रगति हुने समय छ । बौद्धिक कार्यबाट राम्रै धनलाभ होला । अरूको फाइदाका लागि उपयोग भइएला, सचेत रहनुहोला ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): प्रतिष्ठित काम गर्ने मौका जुर्ला । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सवारी साधनको प्रयोगमा सावधानी अपनाउनुहोला । सहयोगीहरूको भरपर्दा चिताएको काम नबन्न सक्छ, सजग रहनुहोला ।
प्रतिक्रिया दिनुहोस्