Ads

उम्मेद्वारी दर्ता पछि तातिएको माहोल


इलाम, आगामी बैशाख १५ गते हुने उपनिर्वाचन मध्ये इलाम २ सर्वाधिक चासोको क्षेत्र हो । यहाँ मुख्य दलहरु सहित २० जनाको उम्मेद्वारी दर्ता भएसँगै चुनावी माहोल अझै तातिएको छ । यहाँ एमालेको तर्फबाट सुहाङ नेम्वाङको उम्मेदवारी दर्ता भएको छ। उनको उम्मेदवारी दर्ता गराउन पूर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फे, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले नेता हिकमतकुमार कार्की, एमाले केन्द्रीय सदस्य रामबहादुर राना, एमाले जिल्ला अध्यक्ष तथा सांसद महेश बस्नेतसहित एमालेका अन्य नेता तथा कार्यकर्ता मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । यसैगरि अघिल्लो निर्वाचनमा पनि एमालेसँग पराजित बनेको नेपाली कांग्रेसले इलाम २ मा डम्बरबहादुर खड्कालाई अघि सारेको छ। बा

एमाले र कांग्रेसपछि चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकारिता क्षेत्रमा रहेका आफ्ना उम्मेद्वार मिलनकुमार योङहाङ लिम्बूको उम्मेदवारी दर्ता गराएको छ। रास्वपाका केन्द्रीय उपसभापति तथा श्रममन्त्री बिपी अर्यालयसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

यस्तै कोशी प्रदेश नाम खारेजीको माग गर्दै किराँत लिम्बूवान क्षेत्रका लागि पहिचान पक्षधर आफूलाई स्थापित गराउँदै डकेन्द्रसिंह लिम्बूले पनि स्वतन्त्र उम्मेद्वारी दर्ता गराए । यसै गरि जनमत पार्टीका प्रेमदिप लिम्बू, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेशनलका मनिबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट जीतबहादुर राई, स्वतन्त्रबाट डाकप्रसाद गौतम, मनोज निरौलाले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी जयवन्त विक्रम साह राष्ट्रिय मुक्ति आन्दोलन, अर्जुनकुमार साही स्वतन्त्र, केशवकुमार चापागाईं स्वतन्त्र, गणेशबहादुर चौहान राप्रपा नेपाल, दिपेश बोहोरा स्वतन्त्र, योगेन्द्र गुरुङ स्वतन्त्र, राज वश्याल स्वतन्त्र, रेशमबहादुर सुनार नेपाली जनता दलले उम्मेद्वारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस अघि नेकपा एमालेका उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले निरन्तर यस क्षेत्रबाट जित्दै आएका थिए । उनको निधन पछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

Ads

सम्बन्धित पोष्टहरू