Ads

खगराज मुख्यमन्त्री नियुक्तविरुद्ध सर्वोच्च जाने तयारीमा गण्डकी कांग्रेस


काठमाडाैँ । नेपाल एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएपछि नेपाली कांग्रेसले सर्वोच्च अदालत जाने तयारी गरेको छ ।

सभामुख समेतको समर्थनमा मुख्यमन्त्री बन्नु असंवैधानिक भएको भन्दै कांग्रेस गण्डकी सर्वोच्च जाने तयारीमा लागेको हो । नेपाली कांग्रेस गण्डकी, संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले भने, ‘सभामुखलाई समेत गणना गरेर गैरसंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएकाले सर्वोच्चमा रिट हाल्ने तयारी गरेका छौं ।’

आइतबार बिहान खगराज अधिकारीले बहुमत सांसदहरूको समर्थन सहित मुख्यमन्त्रीमा दाबी पेश गरेपछि कांग्रेसले ३१ जनाको हस्ताक्षर सनाखत गर्न प्रदेश प्रमुख समक्ष माग राखेको थियो ।

तर संविधानको धारा १६८ (२) बमोजिम आह्वान भएको र दलको तर्फबाट दाबी पेश भएकाले सनाखत जरुरी नभएको एमाले नेताहरूको दाबीलाई नै सदर गर्दै प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई नियुक्त गरिसकेका छन् ।

एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र एक जना स्वतन्त्र सांसदको समर्थन रहेको दाबीसहित आइतबार एमाले दल नेता अधिकारीले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू