Ads

नेपाली ‘ए’ विरुद्धको एकदिवसीय शृंखलामा आयरल्यान्डको ‘क्लिन स्विप’


काठमाडाैँ । आयरल्यान्ड वुल्भ्सले ‘नेपाल ए’विरुद्धको एक दिवसीय क्रिकेट शृंखला क्लीन स्विप गरेको छ ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा पाहुना टोलीले ६९ रनको शानदार जीत दर्ता गर्‍यो ।

२८५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३९ ओभर ४ बलमा २१५ रन जोड्दा अलआउट भयो । नेपालको पारीमा युवा ब्याटर अर्जुन कुमालले १०२ रनको शानदार योगदान गरे पनि अधिकांश ब्याटर चलेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड वुल्भ्सले ९ विकेट गुमाएर २८४ रनको स्कोर खडा गरेको थियो । उसका लागि स्टेफन डोहेनीले १०७ रनको पारी खेलेका थिए ।

यससँगै आयरल्यान्ड वुल्भ्सको नेपाल यात्रा टुंगिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू