Ads

मुस्ताङ यात्रा : नदीको तिर, सधैको पीर


म्याग्दी, हिमालपारिको जिल्ला मुस्ताङ जाने सडक कालाीगण्डकीको कटान जोखिममा पर्दा यात्रुले सास्ति व्यहोर्नु पर्ने गरेको छ । पछिल्लो पटक सदरमुकाम जोमसोममा कालीगण्डकी नदिको कटानले जोखिममा रहेको सडक आइतबार भासिँदा मुक्तिनाथ दर्शनका लागि हिँडेका तथा फर्कँदै गरेका दर्शनार्थी अलपत्र परे ।

बेनी–जोमसोम–कोरला सडक अन्तर्गत पर्ने घरपझोङ गाउँपालिका–४ जोमसोम स्थित मुस्ताङ अस्पताल अगाडीको सडक भासिँदा सवारी आवागमन रोकिएको हो । गएको वर्षाको समयमा कालीगण्डकी नदिको बहावका कारण जोमसोमको उक्त सडक करिब सय मिटर भासिएको थियो । सोही सडक भासिएको स्थानमा एकतर्फी रूपमा सवारी आउजाउ गर्ने गरी सडक बेस बनाइएकोमा सोही स्थानमा फेरि सडक भासिँदा सवारी आवागमन नै अवरुद्ध भएको हो ।

यही वर्ष कागबेनीमा आएको बाढीले गर्दा थुनिएको कालीगण्डकी नदी खुल्दा उक्त सडक मुनि कालीगण्डकीले कटान गर्दा सडक भासिन थालेको थियो । हिन्दुहरूको लागि महत्त्वपूर्ण मानिने चैत्राष्टमी तथा भोलीको औँसी तिथिमा पितृ तर्पणको लागि कागबेनीमा श्राद्ध गर्ने, तर्पण दिने र मुक्तिनाथ दर्शन गर्न आएका हजारौँ तीर्थयात्री अहिले जोमसोममा अलपत्र परेका हुन् ।

सवारी आवागमन बन्द हुँदा पुथाङ एयरपोर्टदेखि जोमसोम बसपार्क सम्मको दुरीमा सवारी साधन रोकिएका उहाँको भनाइ छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जोमसोममा सडक भासिएर सडक अवरुद्ध भएको र तत्कालका लागि माटो फिलिङ गरी सडक खुलाउने काम गरिएको जानकारी दिए ।

सडक खुलाउनका लागि मेसिन परिचालन गरिएको र जति सक्यो चाँडो सडक सञ्चालन गरी दर्शनार्थीहरुलाई गन्तव्य तर्फ पुर्‍याउने प्रयास भइरहेको प्रजिअ पन्तको भनाइ छ ।

Ads

सम्बन्धित पोष्टहरू