Ads

सरकार फेर्न एमाले–माओवादी एकमत


विराटनगर । नेकपा एमाले र नेकापा माओवादी केन्द्र कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार परिवर्तनका लागि एकमत भएका छन् । यि दुई दलका नेताहरु बीच आइतबार भएको छलफल सरकार परिवर्तनको प्रक्रिया अगाडि बढाउन सकारात्मक भएको नेताहरुले बताएका छन् ।

आइतबार दुई पार्टीका नेताहरु हिक्मतकुमार कार्की र इन्द्रबहादुर आङ्बोबीचको छुट्टाछुट्टै छलफलपछि अन्य नेतासहित सामुहिक छलफल भएको थियो । छलफलमा एमालेबाट कार्कीसहित उपनेता रामबहादुर राना मगर र दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी तथा माओवादी केन्द्रबाट नेता आङ्बोसहित सांसदहरु जीवन आचार्य, दुर्गाप्रसाद चापागाईं र बाबुराम गौतम सहभागी थिए । नेताहरुबीच शुक्रबार पनि छलफल भएको थियो ।

आइतबार प्रदेश सरकार परिवर्तनको लागि चाल्ने कदमको विषयमा छलफल भएको नेताहरुले बताएका छन् । ‘नयाँ सरकारमा आलोपालो कसरी गर्ने रु बजेट, नीति तथा कार्यक्रम, सरकारका विभिन्न निकायमा हुने राजनीतिक नियुक्तिको भागबण्डा र संसदीय समितिको सभापति चयनलगायतका विषयमा छलफल भयो,’ माओवादी नेता आङ्बोले भने, ‘निष्कर्ष निकाल्न प्रदेशका पार्टीका इञ्चार्ज र अध्यक्षहरुसहित बैठक बस्ने सल्लाह भएको छ ।’

एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने आलोपालोको कुरा शीर्ष नेताहरुले टुंग्याउने विषय भएकोले यहाँको नियुक्ति, बजेटलगायतका विषय छलफल गरेरै टुंगो लाग्ने बताएका छन् । आइतबारको छलफलमा नेकपा ९एकीकृत समाजवादी०, जसपा लगायतका साथीहरु आउन नभ्याएकोले सोमबार अर्को छलफल हुने उनले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू