काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकणमा संसदीय छानबिन समितिको अडानलाई यथावत् राख्ने भएको छ ।
सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताको बैठकले सो निष्कर्ष निकालेको हो ।
बैठकले सहकारी ठगीमा जोडिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको विकल्प नभएको निष्कर्ष निकालेको हो ।
कांग्रेस सांसद तथा सहमहामन्त्री जीवन परियारले मंगलबार संसदीय कार्यसमिति र दलको बैठक बस्ने बताए । ‘भोलि बिहान ८ बजे संसदीय दलको बैठक बस्छ,’ उनी भन्छन्, ‘हामीले सदनमा राखेको संसदीय छानबिन समिति गठनको माग यथावत् छ,’ उनले भने ।
संसदीय छानबिन समिति गठनमा सरकारको धारणाअनुसार नयाँ रणनीति बनाएर अगाडि बढ्ने उनले बताए । पार्टीको संसदीय दलको बैठकले संसदमा आएका महत्त्वपूर्ण विधेयकमाथि छलफल गरेर समान धारणा बनाउनेछ ।
प्रतिक्रिया दिनुहोस्