Ads

कोशी सरकारबाट माओवादी बाहिरियो


काठमाडाैँ । नेकपा माओवादी केन्द्रले कोशी सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

सोमबार प्रदेशसभा संसद् सचिवालयमा बसेको माओवादी प्रदेश संसदीय दलको बैठकले केदार कार्की नेतृत्वको सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिने निर्णय गरेको हो । बैठकले आजै माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिने निर्णय गरेको छ ।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बहुमतको दाबी प्रदेश प्रमुखसँग आजै गर्ने र विशेष अधिवेशन आह्वानका लागि निवेदन समेत दिने निर्णय भएको जानकारी दिए ।

एमालेले पनि आजै सरकारबाट बाहिरिने आङ्बोको भनाइ छ । त्यसअनुसार नयाँ समीकरणमा आबद्ध दलहरुमा सहमति भएपछि पार्टीले प्रदेश सरकारबाट बाहिरिने निर्णय भएको उनले बताए ।

Ads

सम्बन्धित पोष्टहरू