Ads

निशान र ऋचाले गरे सम्बन्धबिच्छेद


काठमाडौं । गायक निशान भट्टराई र ऋचा न्यौपानेबीच सम्बन्धबिच्छेद भएको छ ।

काभ्रेपलाञ्चोक जिल्ला अदालतले उनीहरूबीच सम्बन्धबिच्छेदको आदेश दिएको हो ।

“उहाँहरू दुवै (निशासन भट्टराई र ऋचा न्यौपाने)ले दिनुभएको संयुक्त निवेदनमा चैत ७ गते अदालतले सम्बन्धबिच्छेदको आदेश दिएको हो,” काभ्रेपलान्चोक जिल्ला अदालतका सूचना अधिकारी हिराकुमारी भण्डारीले भनिन् ।

तीन वर्ष अगाडि निशान र ऋचाबीच विवाह भएको थियो । उनीहरूबीच विवाह गरेको केही समयपछि नै सम्बन्ध राम्रो नभएको खबर बाहिरिएको थियो ।
निशान नेपाल आइडलको पहिलो सिजनको फर्ष्ट रनरअप हुन् । ऋचा मोडलिङ गर्दै आएकी छन् ।

Ads

सम्बन्धित पोष्टहरू