Ads

जटिल मोडमा कोशीको राजनीति


बिराटनगर\ कोशी प्रदेशको राजनिित जटिल मोडमा पुगेको छ । प्रदेशका प्रमुख पर्शुराम खापुङले प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरेसँगै यो जटिलको निकाशका विभिन्न विकल्प बारे पनि बहस शुरु भएको । प्रदेश सभाका एक चौथाइभन्दा धेरै प्रदेश सभा सदस्यले दिएको पत्रको आधारमा प्रदेश प्रमुख खापुङले आउँदो वैशाख ६ गतेका लागि विशेष अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सोमवार नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदले विशेष अधिवेशन आह्वान गर्न लिखित रूपमा माग गरेका थिए । सोमवार नै मुख्यमन्त्री केदार कार्कीले जेठ ११ गते प्रदेश सभा अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए ।

एमाले र माओवादीले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन सोमवार नै फिर्ता लिएका छन् । विशेष अधिवेशनमा मुख्यमन्त्री अल्पमतमा पर्ने र उहाँले राजीनामा दिनुपर्ने वा विश्वासको मत लिनुपर्ने गठबन्धनको भनाइ छ । मुख्यमन्त्री कार्कीले भने संविधानअनुसार सरकार बन्ने अन्तिम धाराबमोजिमको सरकार भएकाले पदबाट राजीनामा पनि नदिने विश्वासको मत पनि नलिने बताउँदै आएका छन् ।

कार्की नेपाली कांग्रेसबाट विद्रोह गरेर गएको असोज २७ गते मुख्यमन्त्री बनेका हुन् । एमाले र माओवादीले यो सरकारलाई विस्थापित गरेर नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की नेतृत्वमा नयाँ सरकार बनाउने बताएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू