Ads

२०८० चैत ३० गते शुक्रबार, तपाईको दैनिक राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । अनुकूलता वृद्धि हुनेछ । रोकिएको काममा सफलता मिल्ला । मित्रजनको सहयोग प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ । सुखद समाचारले दिन उत्साहपूर्ण तुल्याउला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । व्यापार व्यवसायमा सामान्य फाइदा भए पनि पशुपालन तथा कृषि क्षेत्रबाट भने राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति होला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ, तर स्वास्थ्यका लागि आजको दिन आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला । छरछिमेकमा असमझदारी बढ्ने सम्भावना रहेकोले होसियारीसाथ काम लिनुहोला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): भाग्यबल बढ्नेछ, तर इर्ष्या गर्नेहरूले काम बिगार्न सक्छन्, सचेत रहनुहोला । बुद्धिको विशेष उपयोगले प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिनेछ । प्रयत्न गर्दा बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मन लगाएर प्रयत्न गर्दा अप्ठ्यारा काम सम्पादन हुन सक्छन् । बोलीको माध्यमले लाभ उठाउन सकिनेछ । उपलब्धिले थप उत्साह जगाउला । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सकिने समय छ । पुरानो समस्याले केही झमेला आइलाग्ने सम्भावना छ । दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ, सावधानीपूर्वक व्यवहार गर्नुहोला । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): विश्वासमा पारेर झुक्याउनेहरूले सताउन सक्छन् । आजको दिन सहयोगीहरूको भर नपर्नु नै हितकर होला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्ला । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । मेहनत एवं परिवारजनको सहयोगले लाभ उठाउन सकिनेछ । घरायसी काम बन्नेछन् । तर, परिस्थितिअनुसार चल्न नखोज्दा दुःख आइलाग्न सक्छ, ध्यान राख्नुहोला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): परिवारजनको साथले नयाँ आशा पलाउनेछ । साथ दिनेहरू बढ्नेछन् । आयआर्जनका स्रोत पनि वृद्धि हुने योग छ । व्यापारमा पनि फाइदा हुने समय छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): पराक्रम बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ भने प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्ने समय छ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । चिताएको काम सम्पादन गर्न सकिनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): विभिन्न अवसरले पछ्याउनेछन् । तार्किक क्षमता एवं बोलीको प्रभाव बढ्नेछ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिनेछ । प्रतिस्पर्धीलाई हराउन सकिनेछ ।

Ads

सम्बन्धित पोष्टहरू