Ads

राष्ट्रियसभाकाे बैठक आज दिउँसो १ः१५ बजे बस्दै


काठमाडौं । आज राष्ट्रियसभा बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक बस्ने भएकाे हाे । बैठक दिउँसो १ः१५ बजे बोलाइएको छ ।

बैठकमा दिगाे विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्नेछिन्  ।

कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ प्रतिनिधिसभाबाट भएका संशाेधनमाथि छलफल गरियोस्’ र सो ‘संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

Ads

सम्बन्धित पोष्टहरू