काठमाडाैं । २०८० सालको अन्तिम दिन शुक्रबार पनि सुनको मूल्यले रेकर्ड कायम गरेको छ । आज प्रतितोला २ हजार ४०० रुपैयाँले बढेर सुनको मूल्यले रेकर्ड कायम गरेको हो । सुनको मूल्य यसअघि चैत २८ गते १ लाख ३६ हजार ८०० रुपैयाँ पुगेर रेकर्ड मूल्य कायम गरेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, शुक्रबार चाँदी प्रतितोला १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार ३८६.५१ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८.८ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्