Ads

१ लाख ६८ हजार भन्दा बढिले गरे दर्शन


ताप्लेजुङ\ चैत मसान्त सम्ममा एक लाख ६८ हजार बढी भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन्। चालू आर्थिक वर्ष २०८०/८१ को साउनदेखि चैत महिनासम्ममा उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन्।

पाथीभरा क्षेत्र विकास समितिले  सार्वजनिक गरेको तथ्याङ्कअनुसार चैत मसान्त सम्ममा कुल एक लाख ६८ हजार ४६८ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन्। पाथीभराको दर्शन गर्न चैत महिनामा मात्र ५२ हजार ४५५ जना भक्तजन आएका समितिले तथ्याङ्क सार्वजनिक गरेको छ।

चालू आबको नौ महिनाको अवधिमा सबैभन्दा बढी चैत महिना र त्यसपछि दसैँ तिहारको समय कात्तिक महिनामा ४९ हजार १६३ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन्। समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले सार्वजनिक गर्नुभएको भक्तजनको विवरणअनुसार साउन महिनामा सबैभन्दा कम एक हजार १२२ जना भक्तजन पाथीभराको दर्शन गर्न आएका छन्।

भदौ महिनामा पाँच हजार जना, असोजमा १० हजार ३४३ जना, मङ्सिरमा २० हजार ४१६, पुसमा पाँच हजार ६५५, माघमा छ हजार ४०१ र फागुन महिनामा १७ हजार ९१२ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन्।

Ads

सम्बन्धित पोष्टहरू