Ads

हिउँदे अधिवेशनमा २३ बैठक, ८१ घण्टा ५५ मिनेट संसदीय काम–कारबाही (पूर्णपाठ)


काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुँदैछ ।

२०८० माघ २२ गतेबाट प्रारम्भ भएको उक्त अधिवेशनको अन्तिम बैठक आज बस्यो । सभामुख देवराज घिमिरेले ७० दिनमा भएगरेका काम कारबाहीको संक्षिप्त जानकारी गराएका छन् ।

२३ वटा बैठकमा ८१ घण्टा ५५ मिनेट संसदीय काम कारबाहीमा व्यतीत रहेको घिमिरेले बताए । यस अधिवेशनमा ५ वटा सरकारी विधेयक दर्ता भएको छ । राष्ट्रियसभामा उत्पति भएका ३ वटा सरकारी र एउटा गैरसरकारी विधेयकमध्ये एउटाको सामान्य छलफल सकिएको र बाँकी ३ वटा पेश गरिएको छ । सभाको पहिलो र दोस्रो अधिवेशनमा राष्ट्रियसभाबाट प्राप्त ८ वटा विधेयकमध्ये २ वटा पारित भएको र ६ वटा समितिमा विचाराधीन रहेको जानकारी गराइयो ।

हिउँदे अधिवेशनबाट कूल ३ वटा विधेयक पारित गरिएको छ ।

हेर्नुहोस् के के भए काम ?

Ads

सम्बन्धित पोष्टहरू