Ads

सुदूरपश्चिममा केन्द्रकै गठबन्धन अनुसारको सरकार बन्छ : एमाले


काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सुदूरपश्चिममा केन्द्रको गठबन्धनअनुसार नै सरकार बन्ने बताएका छन् ।

आइतबार पार्टी सचिवालय बैठकको निर्णय सुनाउँदै उनले नागरिक उन्मुक्ति पार्टीको विवादको प्रतिविम्ब देखिएको बताए ।

नागरिक उन्मुक्ति पार्टीको विवाद र संसदीय दलको नेता को हो भन्ने कानुनी निर्क्योल निकाल्न बाँकी रहेको उनको भनाइ छ ।

“केन्द्रमा जुन सत्ता सहकार्य भएको छ । त्यही सत्ता सहकार्य अनुरूपकै सरकार बन्छ । मुख्यमन्त्री त्यसैगरी आउनुहुन्छ,” उनले भने, “एकीकृत समाजवादीको दलको नेताले यहाँको सहमतिविपरीत पत्र दिएको भए पनि केन्द्रका नेताले त्यसो नगर्नुस्, त्यो गलत हो, फिर्ता लिनुस् भनेर निर्देशन दिएको सार्वजनिक सञ्चार माध्यममा आएको छ । जुन सहकार्य केन्द्रमा छ, त्यही कोर्स अनुसार नै सुदूरपश्चिमको राजनीति अघि बढ्छ भन्ने विश्वास छ ।”

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीकै दुई प्रदेशसभा सदस्यले दाबी पेस गरेका छन् । प्रदेश प्रमुख नाजिर मियाँले समय दिएको अन्तिम दिन एउटै पार्टीका दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू