Ads

२०८० वैशाख ३ गते सोमबार, तपाईको दैनिक राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): चुनौतीपूर्ण समय छ, काममा होस नपुग्दा केही समस्या झेल्नुपर्ला । होसियारीसाथ काम लिने प्रयत्न गर्नुहोला । परिस्थितिप्रति गम्भीर नबन्दा पहिलेका समस्या दोहोरिन सक्छन् । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । स्वास्थ्यमा केही कमजोरी देखापर्ने योग छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आलोचकहरूले सताउन सक्ने समय छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् साथै सहयोग गर्नेहरू पनि कमै भेटिएलान् । प्रक्रिया नमिल्नाले पहिलेको काम दोहोऱ्याउनुपर्ने हुन सक्छ । प्रतिकुलताका बाबजुद जिम्मेवारी बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): कर्ममा व्यस्तता बढ्नेछ । गरिएका कामको राम्रै मूल्यांकन हुने समय छ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्ला । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । कीर्तिमानी काम गर्ने समय छ । अवसर खेर नजाला । व्यापारमा पनि राम्रै फाइदा होला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आय वृद्धि हुनेछ । आरोग्यता वृद्धि हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्ने योग छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने व्यवसायमा पनि सोचेको फाइदा नहुन सक्छ । स्वास्थ्य केही कमजोर रहनाले काम सम्पादनमा असर पर्ला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): विवेक र पराक्रमले प्रतिस्पर्धीलाई हराउन सकिनेछ । नसोचेको अवसरले उत्साह जगाउला । प्रतिस्पर्धीहरूलाई किनारा लगाउन सकिनेछ । अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला । व्यक्तिगत फाइदाको मात्र पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ, सावधान रहनुहोला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): श्रमको उचित मूल्यांकन हुने समय छ । मेहनतले आम्दानी बढाउन सकिनेछ । आजको कामबाट राम्रै धनलाभ हुन सक्छ । सहयोगीहरूले उत्साह जगाउनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): तार्किक क्षमता बढ्नेछ भने अध्ययनमा प्रगति हुने समय छ । सावधानीले सामान्य फाइदा उठाउन सकिनेछ । तर, व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): चुनौती पन्छाउँदै होसियारीसाथ काम लिनुपर्ने समय छ । कुरा लगाउनेहरूले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । काममा केही चुनौती देखापर्न सक्छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आजको दिन काम बिग्रने डरले पनि सताउन सक्छ, सजग रहनुहोला । व्यवसायमा समस्या देखापर्न सक्छ । चिताएका काममा बाधा हुनुका साथै परिस्थितिले अप्ठ्यारो मोडमा पुऱ्याउने देखिन्छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): शुभता बढ्नेछ । पढाइमा प्रगति होला । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । व्यापारमा राम्रै फाइदा होला । शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । चिताएको कामले राम्रै लाभ दिलाउला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): पराक्रम बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ भने अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । नयाँ कामको प्रस्ताव आउने योग छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला ।

Ads

सम्बन्धित पोष्टहरू