Ads

गए रातिदेखि संसद अधिवेशन अन्त्य


काठमाडौंं । संघीय संसदको हिउँदे अधिवेशन गएराति १२ बजेदेखि लागू हुने गरी अन्त्य भएको छ । आइतबार बसेको प्रतिनिधसभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयको पत्र पढेर अधिवेशन अन्त्य भएको जानकारी गराए ।

उनले भने, ‘प्रतिनिधिसभाको चालु अधिवेशन आइतबार राति १२ बजेबाट स्वतःअन्त्य हुने जानकारी गराउँदछु ’यसअघि सरकारले अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

बैठकमा सभामुख घिमिरेले संसदीय काम कारवाही सुनाउँदै ७० दिनमा २३ वटा बैठक बसेको र ८१ घण्टा ५५ मिनेट संसदीय काम कारवाही भएको जानकारीसमेत गराए ।

Ads

सम्बन्धित पोष्टहरू