Ads

ईरान ईजरायल युद्ध तत्कालका लागि मत्थर


एजेन्सी\ शनिवार राति इरानले इजरायलमाथि गरेको आक्रमणका कारण मध्यपूर्वका देशमा फैलन सक्ने सम्भावित ठूलो युद्ध तत्कालका लागि रोकिने सम्भावना बढेको छ । इजरायल–हमास युद्ध चलिरहेकै बेला इरानले इजरायलमा एकैरात तीन सयभन्दा धेरै ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेपछि तत्काल ठूलो युद्धको सम्भावना बढेको थियो । तर अमेरिकी राष्ट्रपति जो वाइडेनले तत्काल इरानविरुद्ध जवाफी आक्रमण नगर्न दवाव दिएपछि इजरायल पछि हटेको छ ।

इजरायलको मन्त्रिपरिषद बैठकले इरानी आक्रमणको उपयुक्त समयमा जवाफ दिने निर्णय गरेपछि तत्कालका लागि दुई देशबीचको युद्ध रोकिने देखिएको हो । दुवै देश एकआपसमा भिडेमा अमेरिका, बेलायत, फ्रान्स लगयातका देश पनि इजरायलको सुरक्षामा तत्कालै सहभागी हुने र मध्यपूर्वका अरु देशहरु इरानको पक्षमा रहँदा ठूलो युद्धको सम्भावना थियो ।

तर इरानले अब थप आक्रमण नगर्ने बताउनु, अमेरिकाले तत्काल इरानविरुद्ध आक्रमण नगर्न इजरायललाई दवाव दिनु र आफू पनि युद्धमा सहभागी नहुने बताउनु तथा इजरायलले पनि उपयुक्त समयमा जवाफ दिने भन्दै कुटनीतिक निर्णय गर्नुले युद्ध नफैलने सम्भावना बढेको बीबीसीले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू