Ads

नेपालले टस जितेर हङकङविरुद्ध फिल्डिङ गर्दै


काठमाडौं । एसीसी प्रिमियर लिगमा नेपालले हङकङविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा हुने खेलका लागि भएको टस जितेर नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निर्णय गर्दै हङकङलाई ब्याटिङको निम्तो दिए ।

खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजेदेखि सुरु हुने तालिका रहे पनि वर्षाका कारण एक घण्टा प्रभावित बनेको हो । खेल १८ ओभरमा छोट्याइएको छ । खेलमा नेपाल लगातार तेस्रो जितसँगै सेमिफाइनलमा पुग्ने लक्ष्यमा छ । यो खेल जिते नेपालले समूह चरणको अन्तिम खेलअगावै अन्तिम–४ को यात्रा तय गर्नेछ ।

उता, आइतबार साउदी अरेबियासँग ५५ रनको अप्रत्यासित हार व्यहोरेको हङकङलाई सेमिफाइनल सम्भावना कायम राख्न आज जित्नैपर्ने दबाब छ ।

नेपालको प्लेइङ ११

रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, र अभिनाश बोहरा ।

बेन्च : प्रतिश जि.सी.अनिल शाह र विवेक यादव ।

Ads

सम्बन्धित पोष्टहरू