Ads

हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य


काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत जारी खेलमा नेपालले ११५ रनको लक्ष्य पाएको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित १७.५ ओभरमा सबै विकेट गुमाउँदै ११४ रन बनाएको हो।

नेपालका लागि अविनाश बोहराले ४ ओभर बलिङ गर्दै २९ रन खर्चेर ३ विकेट लिए। उनले हङकङका याशिम मुर्तजा, जिशन अली र नशरुल्लाह रानालाई आउट गरे।

यस्तै स्पिनर ललित राजवंशीले २ विकेट लिए। उनले बाबर ह्यात र अजिज खानलाई पेभेलियन फर्काए।

नेपालका दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए। उनले खेलको अन्तिम ओभरमा २ जनालाई आउट गरेका हुन्। ऐरीले हङकङका कप्तान मोहम्मद निजाकत खानलाई रनआउट समेत गरे।

यस्तै करन केसीले दोस्रो ओभरको पहिलो बलमा हङकङका मार्टिन कोट्जेलाई आउट गरेका थिए। हङकङका ब्याट्सम्यान अन्शुमन राठले ३४ रन बनाउनु बाहेक कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

वर्षाले प्रभावित भएपछि नेपाल र हङकङबीचको खेलमा ओभर घटाइएको थियो। खेल १८/१८ ओभर खेलाइएको छ। नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो।

Ads

सम्बन्धित पोष्टहरू