Ads

२०८१ वैशाख ४ गते मंगलबार, तपाईको दैनिक राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): विछोडिएका परिवारजनसँग भेटघाट हुने दिन छ । विगतका कमी–कमजोरीलाई पनि सुधार गर्ने मौका मिल्ला । साथीभाइसँग सन्तुलित व्यवहार गर्नु हितकर हुनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । आरोग्य बढ्ला । मिठो भोजन प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । केही खर्च लागे पनि सोचेको काम बन्नेछ भने अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । व्यवसायमा थप लगानी बढाउन चाहे अघि बढ्दा हुन्छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्ने समय छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिने योग रहेकोले बुद्धि-विवेकको प्रयोगमा जोड दिनु हितकर होला । रचनात्मक कार्यले फाइदा दिलाउनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सरसापटमा धन खर्च हुने समय छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । स्वास्थ्य सामान्य तवरले कमजोर रहला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुनेछ । समयलाई पछ्याउन सकस पर्ने देखिन्छ । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन परिस्थिति अलिक प्रतिकूल रहेपनि सहयोगीहरूले काममा साथ दिनेछन् । जोखिम बढ्नेछ तर विगतको श्रमबाट धन लाभ होला । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): परिस्थितिसँग केही सम्झौता गर्नु पर्ने देखिन्छ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । टाढाको यात्रा गर्ने अवसर जुर्न सक्छ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । तर लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । आजको दिन सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । सहयोगीहरूको भरपर्दा काममा बाधा पुग्न सक्छ, सजग रहनुहोला । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): कार्यव्यस्तता बढ्ने समय भएपनि प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो भेटघाट हुनेछ । पठन–पाठनमा प्रगति होला । विशेष सभा-समारोहमा सहभागी बन्ने मौका जुर्न सक्छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): रचनात्मक काम सुरु गर्ने समय छ । तर, अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि विचार पुऱ्याउनुहोला । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पारिवारिक आत्मीयता बढ्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने समय भएपनि अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । स्वास्थ्य कमजोर रहला । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ ।

Ads

सम्बन्धित पोष्टहरू