Ads

म्यान्मारमा रकेट आक्रमण, ४ जनाको मृत्यु


एजेन्सी । म्यान्मारमा रकेट आक्रमणमा ४ जनाको मृत्यु भएको छ । रकेट आक्रमणमा १२ जना घाइते भएका छन् । म्यानमारको माण्डाले क्षेत्रको पिनउ शहरमा रातको समयमा आतंकबादीको समुहले ११ वटा रकेट प्रहार गरेको बुझिएको छ ।

उक्त शहरको अस्पताल, होटल र गुम्बालाई निशाना बनाइ गरिएको आक्रमणका कारण सो शहरका अधिकांश भवनहरु ध्वस्त भएका छन् ।

रकेट आक्रमणको समय सर्वसाधारणबीच भागदौड मच्एिको थियो । आक्रमणका कारण दुई जना बौद्ध भिक्षु र एक स्थानीय गरी ४ जनाको मृत्यु भएको हो ।

आक्रमणका घाइते भएकाहरु सबै अस्पतालका बालबालिका, बिरामी र कर्मचारी रहेका छन् । यसैबीच आतंककारीहरुको पहिचानका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू