Ads

यस वर्षको खेतीका समयमा रासायनिक मल अभाव नहुने


काठमाडौं \ यस वर्षको खेतीका समयमा रासायनिक मल अभाव नहुने सरकारले दावि गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यस वर्ष कुनै पनि बेला मलको अभाव हुने छैन ।

कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनी लिमिटेड मार्फत ल्याईएको ठुलो परिमाणको मल अझै मौज्दात रहेको पनि जनाईएको छ ।
कृषि मन्त्रालयले दिएको २ वैशाख सम्मको तथ्यांक अनुसार करिब १ लाख टन रासायनिक मल नेपाल आइरहेको छ ।

मन्त्रालयका सचिव गोविन्द शर्माका अनुसार ५१ हजार टन डीएपी मल भारत विशाखापट्नमबाट नेपाल आयात हुने अवस्थामा छ । यस्तै ७ हजार ५ सय टन पोटास विशाखापट्नमबाट नेपाल आउँदै गरेको छ ।

३० हजार टन युरिया मल कोलकाता आइसकेको छ । चालु आर्थिक वर्ष २०८०\८१ को बजेटबाट ६ लाख टन मल नेपाल आयात हुँदैछ । मन्त्रालयका अनुसार अहिले १ लाख टन मल मौज्दात छ । अघिल्लो आवसहित ७० हजार ५ सय ६० टन कृषि सामग्री कम्पनी र २८ हजार ४ सय ७५ टन साल्ट ट्रेडिङमा छ ।

कृषि मन्त्रालयका अनुसार चालु आव १ वैशाखसम्म ३ लाख २२ हजार ३ सय ६९ टन मल आयात भइसकेको छ । जसमा कृषि सामग्रीले १ लाख ९८ हजार र साल्ट ट्रेडिङले १ लाख २४ हजार टन ल्याएका छन् ।

यस्तै १ वैशाखसम्म सरकारले २ लाख ९४ हजार १ सय ६४ टन मल बिक्री गरेको छ । कृषि सामग्रीबाट १ लाख ६१ हजार ८५ टन र साल्ट ट्रेडिङबाट १ लाख ३३ हजार टन मल बिक्री भएको मन्त्रालयले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू