Ads

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, एक तोलाको भाउ १ लाख ३९ हजार नाघ्यो


काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज १ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको हो।

अघिल्लो कारोबार दिन सोमबार ७ सय रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। आज चाँदी एक तोलाको १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Ads

सम्बन्धित पोष्टहरू