Ads

माओवादी केन्द्र र नेसपा एकता प्रक्रिया अगाडि बढाउन मोडालिटी तयार गर्ने निर्णय


काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महेन्द्रराय यादव पक्षबीच पार्टी एकताका लागि मोडालिटी तयार गर्ने निर्णय भएको छ ।

वैचारिक एकरुपता र संगठनात्मक तयारी गर्न गठित कार्यदलको मंगलबार बसेको बैठकले दुवैतर्फ एकता प्रक्रियालाई अगाडि बढाउन मोडालिटी तयार गर्ने निर्णय गरेको हो ।

बैठकमा पार्टी एकताका लागि दुवै तर्फको संगठनात्मक स्थितिबारे एक आपसमा जानकारी गराउने काम पनि भएका नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए ।

बैठकमा माओवादी केन्द्रका तर्फबाट कार्यदल सदस्यहरू महासचिव देव गुरुङ र उपमहासचिव जनार्दन शर्मा र नेसपाका सहअध्यक्ष श्रेष्ठ र महासचिव रमेश यादव सहभागी थिए । माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीको यादव पक्षबीच गत चैत्र ३ गते पार्टी एकता गर्ने निर्णय सहमति गरेको थियो । सोही दिन एकता प्रक्रियालाई टुंग्याउन कार्यदल गठन गरेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू