Ads

सुहाङलाई जिताउन दलबलसहित इलाम पुगे ओली


काठमाडाैँ । सत्तारुढ दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चुनावी अभियानका लागि इलाम प्रस्थान गरेका छन् ।

उनी मंगलवार बिहान काठमाडौंबाट झापाको चन्द्रगढी विमानस्थलहुँदै इलामतर्फ लागेका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीसँग पत्नी राधिका शाक्यसँगै पार्टीका अन्य नेता पनि इलामका लागि हिँडेका छन् । यसैबीच ओलीले इलाम बजारबाट देखिएको सूर्य उदाएको तस्वीर सामाजिक सञ्जालमा राखेका छन् ।

उनी पार्टीको तर्फबाट उम्मेदवार बनेका सुहाङ नम्वाङलाई जिताउन इलाम गएका हुन् । इलाम–२ मा एमालेका उपाध्यक्षसमेत रहेका सुवास नेम्वाङको निधनपछि रिक्त रहेको ठाउँमा यही वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो । एमालेका उम्मेदवार सुहाङ नेम्वाङका छोरा हुन् ।

इलाम– २ मा सुहाङका मुख्य प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूलगायत छन् । ‘मंगलवार म इलाम जाँदै छु । मंगलवारको को बसाइ त्यतै हुनेछ । इलाम– २ का उम्मेदवार सुहाङ नेम्वाङ सँगै हुनेछु,’ उनले फेसबूकमा लेखेका छन् ।

अध्यक्ष ओली बुधवार आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू