Ads

संविधान कार्यान्वयनमा राजनीति दलको नै असमझदारी छ : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयनमा राजनीति दलको नै असमझदारी भएको बताएका छन्।

रणनीतिक तथा सामाजिक–आर्थिक अनुसन्धानका लागि संस्था (आइएसएसआर)ले आयोजना गरेको ‘सुशासनका चुनौती र सरकारको आगामी कार्यदिशा’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उनले यस्तो बताए ।

उनले भने, ‘प्रमुख राजनीति दलका बिचमा सहमति भएर नै जानुपर्छ । यस्तै उनले आफूले तीन पटक विश्वासको मत लिएको सन्दर्भलाई जोड्दै तीन पटक विश्वासको मत लिए यो विडम्बना र विशेषता भएको बताए ।

उनले भने ‘तीन पटक विश्वासको मत लिएर पनि म आफै नेतृत्वमा रहनु देशको आवश्यकता हो । सुशासन सामाजिक न्याय र आर्थिक समृद्धिमा म छु ‘

Ads

सम्बन्धित पोष्टहरू