Ads

सुदूरपश्चिमको मुख्यमन्त्री नेकपा एसले पाउने, लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता


काठमाडाैँ । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीका लागि नाउपाका नेता लक्ष्मणकिशाेर चाैधरीलाई दिएकाे समर्थन फिर्ता लिएकाे छ ।

एस संसदीय दलका नेता दीर्घ साेडारीले प्रदेश प्रमुख नाजिर मियाँलाई समर्थन फिर्ता लिएकाे पत्र बुझाएका हुन् । याेँसँगै सुदूरपश्चिम सरकार गठनकाे प्रक्रिया नयाँ माेडमा पुगेकाे छ ।

विकसित पछिल्लाे घटनाक्रम अनुसार सत्ता गठबन्धनभित्र एकीकृत समाजवादीका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउन सहमति भएको छ ।

Ads

सम्बन्धित पोष्टहरू