Ads

टी-२० वरीयता दीपेन्द्रको फड्को, अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिए


काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आइसिसी टी-२० वरीयतामा छलाङ मारेका छन्।

उनी टी-२० अन्तर्राष्ट्रियको अलराउन्डरको वरीयतामा ११औं स्थानमा पुगेका छन्। दीपेन्द्र यो वरीयतामा १४ स्थान माथि उक्लिएका हुन्।
यसअघि उनी २५ औँ स्थानमा थिए ।

ब्याटिङतर्फ १६ स्थान सुधार गर्दै दीपेन्द्र ६२ औं स्थानमा उक्लिएका छन्। उनले ओमानमा जारी एसिसी प्रीमियर लिगमा कतारविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

यस्तै टी-२० ब्याट्सम्यानको वरियतातर्फ दीपेन्द्र ६२ औँ स्थानमा छन्। उनी १६ स्थान माथी उक्लिएका हुन्।

ब्याट्सम्यानको वरियतामा नेपालका आसिफ शेख ३६ स्थान माथी उक्लिएर ७५ औँ नम्बरमा पुगेका छन्। कुशल मल्ल ९ स्थान उक्लिएर एक सयौँ नम्बरमा छन्।

Ads

सम्बन्धित पोष्टहरू