काठमाडाैं। एसीसी प्रिमियर टी– २० प्रतियोगिताअन्तर्गत समूह ए को अन्तिम खेलमा नेपालले साउदी अरेबियाविरुद्ध जितका लागि ७४ रनकाे लक्ष्य पाएकाे छ ।
ओमानको अलअमिरात मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे साउदीले निर्धारित आठ ओभरमा सात विकेट गुमाउँदै ७३ रनकाे याेगफल खडा गर्याे ।
नेपालका लागि करण केसी र अभिनाश बाेहराले दुई/दुई तथा ललित राजवंशी र प्रतिश जीसीले एक/एक विकेट लिए । पानी परेपछि खेल आठ/आठ ओभरमा झारिएकाे थियाे ।
यो खेलपछि समूह विजेताको टुंगो लाग्नेछ । नेपाल सेमिफाइनल भने पुगिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्