Ads

छुटे एन्फा उपाध्यक्ष दावा लामा


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा छुटेका छन् ।

बुधबार पक्राउ परेका लामालाई आज बिहीबार काठमाडौं जिल्ला अदालतले छाडेको हो ।

लामालाई ५ वर्ष कैद सजाय भएको र ४ वर्षभन्दा बढी कैद भुक्तान हुन बाँकी रहेको भन्दै प्रहरीले उनलाई काठमाडौबाट पक्राउ गरेको थियो । लामाले आफूसँग स्टे अर्डर भएको प्रमाण प्रस्तुत गरेपछि पुनरावेदनको विषयलाई लिएर अदालतले छाडेको बुझिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले लामाले सर्वोच्च अदालतमा पुनरावेदन गरेकाले अदालतले छाडेको जानकारी पाएको बताए ।

Ads

सम्बन्धित पोष्टहरू