Ads

फरार अभियुक्त जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी


काठमाडौं । सुन तस्करी प्रकरणका फरार अभियुक्त जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ ।

नेपाल प्रहरीको अनुरोधमा प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलले चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो ।

सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले डिफ्युजन नोटिसका लागि पत्राचार गरिएको र सोअनुसार जारी भएको बताए ।

६० किलो सुन तस्करी प्रकरणमा मुख्य नाइके बेल्जियन नागरिक दावा छिरिङसँगको चलाउनेको सम्बन्ध रहेको खुलेको थियो । चलाउनेलाई यसअघि सीआईबीले पक्राउ गरे पनि छाडेको थियो ।

सुन तस्करी जाँचबुझ आयोगले समेत चलाउनेलाई पक्राउ गरी सीआईबीले नै छोडेको उल्लेख गरेको थियो । त्यसपछि भारतको दिल्लीमा रहेका चलाउनेले शिलापत्रसँग कुरा गर्दै हालका सीआईबी प्रमुख श्याम ज्ञवालीले आफूलाई फसाएको बताएका थिए । उनले आफू निर्दोष रहेको समेत दाबी गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू