Ads

पहिलो चरण २१ राज्य र केन्द्र शासित प्रदेशको १०२ सिटमा मतदान हुँदै


काठमाडौं । भारतको विभिन्न प्रान्तमा आजदेखि लोकसभा निर्वाचन सुरु भएको छ । लोकसभा चुनावको पहिलो चरण २१ राज्य र केन्द्र शासित प्रदेशको १०२ सिटमा आज मतदान हुँदैछ । मतगणना असार ४ गते हुनेछ ।

पहिलो चरणमा अरुणाचल प्रदेश, असम, बिहार, छत्तीसगढ, मध्य प्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड  पश्चिम बंगाल, अण्डमान र निकोबार टापुहरू सहित राज्य र केन्द्र शासित प्रदेशहरू जम्मू कश्मीर, लक्षद्वीप र पुडुचेरीमा मतदान हुँदैछ।

निर्वाचनको प्रतिस्पधामा होमिएका दल र उम्मेदवारले आफ्नो पक्षमा जीत हासिल गर्न अनेक मेहनत गरिरहेका छन् भने निर्वाचन व्यवस्थापनसम्न्धी निकायले सुरक्षा र अन्य व्यवस्थापकीय तयारी जारी राखेको छ ।

हरिद्वार र उत्तराखण्डको अन्य चार लोकसभा निर्वाचन क्षेत्रहरूमा आज आम चुनावको पहिलो चरणमा मतदान हुनेछ । यस क्षेत्रमा भारतीय जनता पार्टीका नेता तथा उत्तराखण्डका पूर्व मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत र उत्तराखण्डका पूर्व मुख्यमन्त्री हरिश रावतका छोरा कांग्रेसका वीरेन्द्र रावतबीच प्रतिस्पर्धा हुने भएको छ ।

सोनितपुर जिल्ला निर्वाचन कार्यालयले बिहीबार पहिलो चरणको निर्वाचनका लागि मतदान कर्मचारीहरूलाई आ आफ्नो मतदान केन्द्रहरूमा पठाएको छ । डिब्रुगढ, जोरहाट, लखिमपुर, सोनितपुर र काजिरंगामा पहिलो चरणको निर्वाचन आज हुँदैछ ।

Ads

सम्बन्धित पोष्टहरू