Ads

अब के हुन्छ कोशी प्रदेश सरकार ?


विराटनगर । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सचिवालयमा पेस गरेको संकल्प प्रस्ताव प्रदेशसभामा टेबुल भएसँगै सरकार के हुने भन्ने चासो बढेको छ ।  प्रदेशसभाको बसेको बैठकमा उक्त प्रस्ताव टेबुल भएको हो । संकल्प प्रस्तावका प्रस्तावक रहेका एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले छलफलका लागि प्रदेशसभामा टेबुल गराएका थिए । उक्त प्रस्तावमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलालले समर्थन गरे ।

प्रदेशसभाको बैठकमा सत्ता पक्षमा भन्दा बिपक्षमा बस्ने साम्सदको संख्या दोब्बरभन्दा बढी रहयो । प्रदेशसभामा एमालेका ३९, माओवादीका १३, राप्रपाका ५ र जसपाको १ गरि ५८ सांसद विपक्षी बेञ्चमा बसे । बैठक सुरु हुँदा बिपक्षका ६ साम्सद भने अनुपस्थित भए ।

९३ सदस्यीय प्रदेशसभामा काँग्रेसका २९ र नेकपा (एकीकृत समाजवादी) का ४ सांसद रहेका दुई दल मात्रै सत्ता पक्षको बेञ्चमा बसेका थिए । प्रदेशसभाको उक्त बैठकमा भने सत्तापक्षमा २४ जना सांसद मात्रै उपस्थित भए। बिपक्षमा भने ५२ जनाको उपस्थिति रहयो । प्रदेशसभाको बैठकमा सत्ता पक्षका ९ र विपक्षका ६ सांसद अनुपस्थित भए ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सचिवालयमा पेस गरेको संकल्प प्रस्तावको पक्षमा मतदान गर्न एमालेले आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू