Ads

द्रुत मार्गको काम तीव्र गतिमा, भौतिक प्रगति ३३.२० प्रतिशत: प्रधानसेनापति शर्मा


काठमाडाैं । काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणमा हालसम्म ६० अर्ब ४४ करोड रुपैयाँ सकिएको छ ।

प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले द्रुतमार्ग निर्माणमा हालसम्म ६० अर्ब ४४ करोड रुपैयाँ सकिएको जानकारी दिएका हुन् ।

उनका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा एक अर्ब ३४ करोड, ०७४/०७५ मा सात अर्ब ६३ करोड, ०७५/०७६ मा पाँच अर्ब ७३ करोड, ०७६/०७७ मा एक अर्ब ९७ करोड, ०७७/०७८ मा आठ अर्ब ७३ करोड, ०७८/०७९ मा आठ अर्ब ८९ करोड, ०७९/०८० मा १४ अर्ब ९४ करोड र ०८०/०८१ को हालसम्म ११ अर्ब २१ करोड रुपैयाँ द्रुतमार्ग निर्माणमा सकिएको छ ।

गएको चैत मसान्तसम्म काठमाडौं–निजगढ द्रुतमार्गको काम ३३.२ प्रतिशत सकिएको जानकारी दिएका उनले वित्तीय प्रगति ३३ प्रतिशत भएको बताए । उनका अनुसार निर्माणाधीन तीनवटा सुरुङको खन्ने कार्य पनि ७६ प्रतिशत सकिएको र हालसम्म ३० हजार ५९१ रुख काटिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू